• २०८२ बैशाख ०५, शुक्रबार ( )
News in Nepali

केशव स्थापितले मधेसी समुदायप्रति चोट पुर्‍याएको भन्दै प्रदीप पौडेलको आपत्ती

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं महानगरका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले मधेसी समुदायप्रति चोट पुर्‍याएको भन्दै आपत्ती जनाएका छन् ।

स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहले आफू मधेसी भन्न नसकेको भन्दै स्थापितले ‘ठग’ को संज्ञा दिएर चुनावी लाभका लागि मधेसी जनताको आत्मसम्मानमा ठेस पुर्‍याएको भन्दै पौडेलले स्थापितको बोलीप्रति आपत्ति जनाएका हुन् ।

पौडेलले एक सञ्चार माध्यम संगको कुराकानिमा ,‘महिलामाथि त सार्वजनिक मञ्च मै हिंसा भइरहेको छ ।’ स्थापित अर्कै ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी ‘फन्डा’ गरिरहेको पौडेलले आरोप लगाए ।

हिंसा, विद्वेष, सिद्धान्तहीनता र अवसरवादलाई काठमाडौका जनताले अनुमोदन नगर्ने उनले ठोकुवा गरे । ‘हावा गफ त ओलीजी बाटै टन्न अघाउने गरी सुनिसकेका छौँ,।’ उनले भने, ‘स्थापित र ओलीका नाममा उर्दुको एउटा शेर : एक ही उल्लु काफी था बरबाद गुलिस्तां करनेको, अंजाम गुलिस्तां क्या होगा जब हर डाल पर उल्लु बैठा हो ।’

Tags

छुटाउनु भयो कि ?