News in Nepali

किभबाट जेलेन्स्कीको सत्ताच्यूत गर्न असफल भएपछि रुसले युक्रेनका अन्य इलाका बाट हडप्ने योजना गरिरहेको अमेरिकाको आरोप 

Lumbinikhabar Online

 

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको सरकारलाई किभबाट सत्ताच्यूत गर्ने कोसिस असफल भएपछि रुसले पूर्वी युक्रेनका दुई इलाकालाई छिट्टै हडप्ने योजनामाथि काम गरिरहेको अमेरिकी सरकारका एक वरिष्ठ अधिकारीले सोमबार बताए ।

अर्गनाइजेशन फर सेक्युरिटी एन्ड को–अपरेशन इन युरोपमा अमेरिकाका राजदूत माइकल कारपेन्टरले भने, ‘पछिल्लो रिपोर्टका अनुसार रुस डोनेट्स्क पिपल्स रिपब्लिक र लुगान्स्क पिपल्स रिपब्लिकलाई आफूमा सम्मिलित गराउने कोसिस गर्ने हाम्रो मान्यता छ । रिपोर्टले रुसको योजना १५ मे आसपास जनमत संग्रह गर्नु हो ।’

माइकल कारपेन्टरका अनुसार रुस यस्तै योजना युक्रेनको तेस्रो क्षेत्र खेरसोनका लागि पनि बनाइरहेको छ भन्ने अमेरिकाको विश्वास छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार रुसले हालैका दिनहरूमा खेरसोनमा आफ्नो पकड बलियो बनाएको छ र त्यहाँका मानिसहरूलाई रुबल मुद्रा अपनाउन बाध्य पारेको छ ।

माइकल कारपेन्टरले भने, ‘हामीलाई विश्वास छ कि यी रिपोर्टहरू अत्यन्तै भरपर्दा छन् । भोलिको समयमा के हुँदै छ, दुर्भाग्यवश, यसको आँकलनमा हामी गलतभन्दा बढी सही साबित भइरहेका छौँ ।’

Tags

छुटाउनु भयो कि ?