भक्तपुरमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमिमा उपचारको क्रममा कुसाथाको मृत्यु भएको जनाइएको छ ।