News in Nepali

भारतमा झण्डाको विषयलाई लिएर दुई समुदायबीच कुटाकुट

Lumbinikhabar Online

भारतको राजस्थान राज्यमा झडप भएको छ । जोधपुरको जालोरी गेट क्षेत्रमा झण्डाको विषयलाई लिएर दुई समुदायबीच झडप भएको हो ।

एक समुदायले गाडेको झण्डा अर्को समूहले हटाएर आफ्नो झण्डा गाडेपछि झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडपमा केही प्रहरी घाइते भएका छन् । घटनालाई मत्थर पार्न प्रहरीले अश्रु ग्यास र लाठीकाे पनि प्रयाेग गरेको छ ।

साेमवार राति परशुराम जयन्तीलाई लिएर एक समुदायले झण्डा गाडेर सजावट गरेका थिए र अर्काे समुदाय आएर झण्डा हटाउँदै लाउडस्पिकर बजाउन सुरु गरेकाे आराेप लगाइएकाे बीबीसी हिन्दीले जनाएकाे छ । त्यसपछि आज ईदकाे नमाजपछि अर्काे समुदायले गाडेकाे झण्डा हटाएर भारतकाे झण्डा राखिएपछि फेरि विवाद सुरु भएकाे प्रहरी अधिकारीहरूले बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?