प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट माथी बुधबार सुनुवाइ हुने भएको छ ।
पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेको भन्दै धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्नु कानुन विपरीत रहेको भन्दै रिट दायर गरेका हुन् ।
पोखरेलले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ हुने स्रोतले जनाएको छ ।