News in Nepali

मलेसियामा काम गर्ने विदेशी श्रमिकको न्युनतम तलब १५ सय रिंगिट तोकियो

Lumbinikhabar Online

मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १५ सय रिंगिट तोकिएको छ ।

यो भन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १२ सय रिंगिट थियो । मे १ अर्थात् हिजो अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुने गरी आधारभूत तलब बढाएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

योसँगै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणको लागि कागजात पेस गर्दा पनि आधारभूत तलब १५ सय रिंगिट नै तोकेर पेस गर्न एक सूचना जारी गर्दै दूतावासले म्यानपावरहरुलाई आग्रह गरेको छ ।

Tags

छुटाउनु भयो कि ?