News in Nepali

मिस नेवाः नेपाल ११४२ को उपाधि सलिना महर्जनलाई

Lumbinikhabar Online

काठमाडौं चःमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को उपाधि जितेकी छन् ।

नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज चुमेकी हुन् ।

उपाधि जितेसँगै उनले एक लाख रुपैयाँ नगद जितेकी छन् । साथै, क्योकुसिन सेइसिन काइकान करातेको सद्भावना दूत नियुक्त भएकी छन् ।

ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुरथिमिकी सेलिना प्रजापति सेकेन्ड रनरअप घोषित भएका छन् ।

Tags

छुटाउनु भयो कि ?