गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ ।
मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो ।
पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले २५ मंसिर २०७७ मा दरबन्दी थप गरेर एआईजीमा बढुवा गरेको थियो ।