News in Nepali

नेकपा एसका ३५ जना संग प्रतिस्पर्धा गर्न कसैले आँट गरेन : अध्यक्ष नेपाल

Lumbinikhabar Online

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन् ।

एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताए ।

एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित एको उनले दाबी गरे ।

‘३५ जना व्यक्तिहरुले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह बोक्ने पार्टीको विजयको झण्डा फहराउँदै उहाँहरु अगाडी बढ्नुभयो,’ नेपालले भने, ‘प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरुसँग ।’
अध्यक्ष नेपालले गठबन्धनमा आवद्ध दलहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताए । गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्नेमा उनले जोड दिए ।

Tags

छुटाउनु भयो कि ?