कपिलवस्तुको कृष्णनगर नगरपालिकामा एउटै पार्टीबाट मेयर र उपमेयर दुवैमा पुरुषको मनोनयन दर्ता भएको भन्दै निर्वाचन आयोगले दुवै जनाको उम्मेदवारी रद्ध गरेको छ ।
कृष्णनगर नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरमा शिवप्रसाद कलवार र उपमेयरमा मोहम्मद अफजल मियाले उम्मेदवारी दिएका थिए ।
कानून अनुसार मेयर उपमेयर पदमा उम्मेदवारी दिने दलले एक महिला र एक पुरुष उठाउनु पर्ने भए पनि दुवै पदमा पुरुषले उम्मेदवारी दिएकाले उम्मेदवारी खारेज गरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिइन् ।