काठमाडौं महानगरपालिकामा लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)को उम्मेदवारी खारेज भएको छ।
स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोपाको उम्मेदवारी खारेज भएको स्रोतले जनाएको छ ।
लोसपाले काठमाडौं महानगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषलाई उठाएको थियो । प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको हो ।