बालुवाटरमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक सुरु भएको हो ।
बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने जनाइएको छ ।
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो । गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् ।