नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन आन्तरिक उडान योजनालाई वायुसेवा सञ्चालकहरूले बन्द गर्ने चेतावनी दिएका छन् ।
।
प्राधिरकणले शुक्रबार देखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने चेतावनी दिएका हुन् ।
प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराए पनि त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक संघले बताएको छ ।
संघका अनुसार अग्रिम रुपमा टिकट काटिसकेको अवस्थामा उडान तालिका परिवर्तन गर्दा यात्रुलाई मार पर्ने भएकाले प्राधिकरणको निर्णय मान्न नसकिने अवस्था आएको हो । वायुसेवा कम्पनीहरुले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने समेत संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघमा नेपाल एयरलाइन्सबाहेक निजी क्षेत्रमा सबै कम्पनीहरु सदस्य छन् ।