News in Nepali

श्रीमान्‌–श्रीमती नै नगर प्रमुख र उपप्रमुखका लागि सिफारिस

Lumbinikhabar Online

डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेबाट श्रीमान्‌–श्रीमती नै नगर प्रमुख र उपप्रमुखका लागि सिफारिस भएका छन् ।

अमरगढी नगरपालिका –७ का तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकार र एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज डडेल्धुराका इन्चार्ज इन्दिरा ताम्राकार अमरगढी नगरपालिकाको मेयर र उपमेयरमा सिफारिस भएका हुन् ।

एमाले जिल्ला कमिटी बैठकले अमरगढी नगरपालिकामा उनीहरुलाई प्रमुख र उपप्रमुख लागि सिफारिस गरेको हो ।

अमरगगढी नगरपालिकामा करन ताम्राकारसहित ८ जना मेयरमा र इन्दिरा ताम्राकार सहित ३ जना उममेयरमा सिफारिस भएका छन् ।

Tags

छुटाउनु भयो कि ?