News in Nepali

आफ्नै छोरीलाई हत्या गरि फरार रहेकी एक महिला पक्राउ

Lumbinikhabar Online

कर्तव्य ज्यान मुद्दाका फरार रहेकी रानी देवी मण्डल पक्राउ परेकी छन् । हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाया सुनाएको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो हत्या गरी हनुमानगर राजबिराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको मुद्दामा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।

उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाइएको छ ।

 

Tags

छुटाउनु भयो कि ?