नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले गठबन्धन विरोधी गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
खनालले शुक्रबार विज्ञप्तिमा मार्फत भनेका छन् , ‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रिय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरु सग विनम्रताका साथ आग्रह गर्दछु ।’
आसन्न स्थानीय निर्वाचनमा सबै पार्टीहरू होमिएको अवस्था र नेपाली काङ्ग्रेस गठबन्धनलाई आत्मसात गरि अगाडि बढेको बताउँदै विज्ञप्तिमा भनिएको छ : ‘सोही कुरालाई ध्यानाकर्षण गर्दै नेपाली काङ्ग्रेसको केन्द्रीय परिपत्रअनुसार चितवन काङ्ग्रेस गठबन्धनलाई पूर्ण पालना गरि अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु’