News in Nepali

`प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो´ : केपी ओली

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन जायज भएको बताएका छन् ।

बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कार्यकर्ताहरूलाई प्रतिनिधि सभा विघटनको भुलेर पनि विरोध नगर्न निर्देशन दिएका छन् ।

ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका थिए । ‘केही केही साथीहरूले मौका पर्या बेला प्रतिनिधिसभा विघटन त गलत थियो भन्ने पनि गर्नुभएको छ । यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु’, ओलीले भने, ‘वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो ।’​

Tags

छुटाउनु भयो कि ?