News in Nepali

ललितपुरमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा घाइते भएका पाँच जना उपचारपछि डिस्चार्ज

Lumbinikhabar Online

ललितपुर जिल्ला स्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्रा. लि. मा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिन्डर विस्फोट हुँदा घाइते भएका पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा रमेश अधिकारी, दुर्गा पुरी, सुदीप तिमिल्सेना, अञ्जना पौडेल, गङ्गाराज शर्मा, ईश्वर बजगाई रहेका छन् ।

आज विहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु र ७ जना घाइते भएका थिए । घाइते अरु दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?