राजनीति

कपिलवस्तुको कृष्णनगर उप प्रमुखमा किफायतुल्लाह खानले स्वतन्त्र उम्मेदवारी दिने

Lumbinikhabar Online

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको उप प्रमुखमा किफायतुल्लाह खानले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

कुर्मराज आचार्य, कपिलवस्तु

नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका खानलाई स्थानीयहरुले स्वतन्त्र चुनावमा जान आग्रह गरेपछि उनलेे उम्मेदवारी दिने भएका हुन् ।

पहिलेका प्रतिनिधिहरुले नगरवासिको इच्छा अनुरुप काम गर्न नसकेको र चुनावमा देखाएका सपनाहरू पूरा गर्न नसकेको भन्दै नगरपालिकाको आवस्यकता अनुसार आफुले उम्मेदवारी दिने भएको खानले बताए ।

पहिलेका दिनहरुमा पनि आफू स्वतन्त्र बाटै जिल्ला विकास समितिको सदस्य हुँदा स्थानीय वासिहरुलाइ विकास निर्माणका कामहरुमा सचेत गराउदै आएको उनले बताए । `त्यतिबेला मैले धेरै काम गरे । सडक निर्माण र बाटोघाटो जति थिए मैले गरे । त्यसको पनि मलाइ एउटा फाइदा पुगिरहेको छ ।´उनले भने ,` हाम्रो भिजन पनि छ । यहाँ मेन सडकमा बसपार्क थियो । अहिलेसम्म बाटो निर्माणमा रहेकाले हामिले एउटा कम्पनीको जग्गा लिजमा लियर त्यसैमा बसपार्कको व्यवस्था गर्दियौँ । जसले एउटा जनतामा राम्रो म्यासेज गएको छ ।´

गएको पाँच वर्ष खासै उपलब्धि मुलक नभएको भन्दै कृष्णनगर वासिले एउटा भिजन भएको मान्छे खोजिरहेको नेता खानले बताए । उनले भने ,`पाँच वर्ष एकदम खत्तम भो हाम्रो नगरपालिका । कोहि मान्छे आएर हेर्न सक्छ, यहाँ केही काम पनि भएन । त्यसमा पनि मान्छेको बदलाको सोच देखिएको छ । जसमा चेन्जिङको माहोल बनिसकेको छ ।´

कृष्णनगर हुँदै स्वर्गद्वारी जाने श्राद्धलु भक्तजनहरुको सजताको लागि एउटा धर्मशालाको आवस्यकता परेकाले त्यसमा आफूले पहल चाल्ने र सडमा रहेका पशु चौपायाको व्यवस्थापन गर्न एउटा गौशालाको निर्माण गर्ने नेता खानले बताए । यो संगै नगरपालिकामा शिक्षा स्वास्थ र खानेपानीको विशेष जोड नै आफ्नो एजेन्डा रहेको उनको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?