जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको चुनाव जित्ने महिलाहरुलाई एक करोड रुपैयाँ ऋण दिने प्रतिवद्धता जनाएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जसपाले तयार पारेको स्थानीय तहको चुनावी घोषणापत्रमा भनिएको छ, ‘महिलाहरुलाई उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा १० वर्षका लागि एक करोडसम्म रुपैयाँ ऋण दिने र त्यसको ब्याज पाँच प्रतिशत मात्र गरिनेछ ।’
महिला हिंसाको अन्त्यका लागि ‘फास्ट ट्रयाक महिला न्याय युनिट’ को व्यवस्था गर्नुको साथै कृषि, कुटिर तथा साना उद्योग र व्यवसाय जस्ता विषयहरुमा महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता जनाएको छ ।