News in Nepali

कैलालीमा अघोषित लोडसेडिङका कारण नागरिक मारमा

Lumbinikhabar Online

कैलालीमा अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो ।

नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । ‘तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ,’ धनगढी-५ का ईश्वर जोशीले भने, ‘यही बेला विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।’

तर, विद्युत् प्राधिकरणले लोडसेडिङ नगरेको दाबी गरेको छ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले कैलालीमा नियमित विद्युत आपूर्ति भइरहेको भन्दै अहिले कुनै समस्या नरहेको बताए । प्राधिकरणको दाबीलाई अस्वीकार गर्छन् । ‘ कैलालीभरि नै दैनिकजसो अघोषित रूपमा हुने लोडसेडिङ भइरहेको छ,’ गोदावरी नगरपालिका–२ का लालबहादुर सुनारले भने, ‘नियमित विद्युत् सुचारु नभएको १५-२० दिन भइसक्यो ।’

Tags

छुटाउनु भयो कि ?