News in Nepali

रसुवाका दुई पालिकामा मात्रै काङ्ग्रेसले चुनावी तालमेल गर्ने

Lumbinikhabar Online

रसुवा जिल्लामा नेपाली काँग्रेसले दुई वटा पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ । जिल्लाको कुल ५ वटा पालिकामध्ये काँग्रेसले आफू कमजोर रहेको २ वटा पालिकामा मात्र तालमेल गर्ने इच्छा व्यक्त गर्दै आएको छ ।

जिल्लाको कालिका गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा मात्र गठबन्धन गर्ने जनाइएको छ । विगतको निर्वाचनमा ती दुई गाउँपालिकाको अध्यक्षमा क्रमशः एमाले र नयाँ शक्ति नेपालले चुनाव जितेका थिए ।

रसुवामा सत्तारुढ गठबन्धनका जसपा र जनमोर्चाको उपस्थिति न्यून छ भने एमाले विभाजनको असर पनि निकै कमजोर रहेकाले एकीकृत समाजवादी पार्टीको पनि खासै प्रभाव नरहेको बताइएको छ ।

विगतमा रसुवामा डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपालको उपस्थिति राम्रो भए पनि हाल सो पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरिसकेको काङ्ग्रेस निकट एक नेताले बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?