News in Nepali

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नरेन्द्र न्यौपानेको नाम सिफारिस

Lumbinikhabar Online

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नरेन्द्र न्यौपानेको नाम सिफारिस भएको छ । नगर कमिटीको बैठकले न्यौपानेको नाम सिफारिस गरेको हो ।

२०७४ सालको निर्वाचनमा न्यौपानेले एमालेबाट उम्मेदवार भएका लुटबहादुर राउतसँग पराजित भएका थिए । सत्ता गठबन्धनसँग चुनावी तालमेल नभएपछि माओवादीले एकल रुपमा न्यौपानेको मात्रै नाम सिफारिस गरेको हो ।

तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष भएका न्यौपाने कोहलपुरमा पार्टी राजनीतिमा सक्रिय छन् ।

Tags

छुटाउनु भयो कि ?