News in Nepali

दार्चुलामा काँग्रेस र माओवादी केन्द्रले मात्र चुनावी तालमेल गर्ने

Lumbinikhabar Online

दार्चुलामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गर्ने भएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन दलका काँग्रेस र माओवादीबीच भागबण्डामा सहमति भएको हो ।

दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा काँग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ । दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । काँग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ ।

यस्तै ,६१ वडामध्ये ४४ मा काँग्रेस र १७ वडा माओवादीले पाएको छ । २०७४ को निर्वाचनमा काँग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो ।

Tags

छुटाउनु भयो कि ?