नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेका छन् ।
आज दाङमा पत्रकार सम्मेलन गर्दै उनले माओवादीको साधारण सदस्यसमेत त्यागेको बताएका हुन्।
उनी दाङको घोराही उपमहानगरपालिकामा मेयर आकांक्षी थिए। पार्टीबाट मेयरमा सिफारिसमा नपरेपछि उनले पार्टी नै छाडेका छन्।
उनी नेता नारायणकाजी श्रेष्ठनिकट हुन्।
घोराहीमा माओवादीबाट जिल्ला सहइन्चार्ज हेमराज शर्मालाई मेयर उठाउने तयारी छ। शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता कृष्णबहादुर महरानिकट मानिन्छन्।