आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागी प्युठानको झिमरुक गाउँपलिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
जसमा पालिका अध्यक्ष माओवादीलाई र उपाध्यक्ष काँग्रेसलाई दिने समझदारी बनेको छ । अरु वडा अध्यक्ष र सदस्य दुइ दलको आपसी समझदारीका आधारमा टुंगो लगाइने भएको छ ।
पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीलाई पन्छाएर दुइ दलले मात्रै मिलेर लड्ने समझदारी गरेका हुन् ।