News in Nepali

अखिल क्रान्तिकारीका दुइजना केन्द्रीय सदस्य निष्कासित

Lumbinikhabar Online

सङ्गठनको अनुशासन उल्लङ्घन गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले दुई जना केन्द्रीय सदस्य निष्काशन गरेको छ ।

निष्कासित हुने केन्द्रीय सदस्यहरुमा दीपक पोखरेल र हिक्मत ‘हिमाल’ शाही रहेका छन्

उनिहरुले सङ्गठनको अनुशासन उल्लङ्घन गरेको र सङ्गठन विरोधी क्रियाकलापमा संलग्न भएको हुनाले उनीहरुलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?