अर्थमन्त्री जनार्दन शर्माले ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतीकरण गर्न खोजिरहेको आरोप लगाएका छन् ।
सोमबार नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भेट गर्दै मन्त्री शर्माले एस्तो बताएका हुन् ।
नेपाल र श्रीलंकाको तुलना नहुने भन्दै मन्त्री शर्माले भने, ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतीकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन् । ‘
यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका नभएको र आफूहरुले श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेको मन्त्री शर्माले दाबी गरेका थिए । उनलेे आगामी आब ०७९-८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि परिसंघका पदाधिकराीलाई गराएका थिए ।