सल्यानमा सत्तारुढ गठबन्धनका दलले स्थानीय तह चुनावमा तालमेल नगर्ने भएका छन् ।
गठबन्धन दलकातर्फबाट पालिकास्तरको बाँडफाँटको विषयमा सहमति नभएपछि दलहरुले तालमेल नगरी मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् । उनिहरुले संयुक्त विज्ञप्ति निकालेर चुनावमा तालमेल नगर्ने जनाएका हुन् ।