टप खबर

निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नगर्ने

Lumbinikhabar Online

निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो ।

मतदाता शिक्षाको क्रममा मतदाताहरुलाई बदर नहुने गरी मतदान कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । त्यसका लागि नमूना मतपत्र प्रकाशित गरी आयोगले स्वयंसेवकहरु परिचालन गरी भोट हाल्ने तरिका सिकाउँथ्यो । यो काममा आयोगले लाखौं बजेट खर्च गरे पनि मत बदर हुन नरोकिएको र मतदाता शिक्षाका लागि खटिएका स्वयंसेवकहरु निष्पक्ष नभएको गुनासो आउने गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?