रौतहटको एक बिहे घरमा गीत गाउने क्रममा माइकमा करेन्ट प्रवाह हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।
जिल्लाको दुर्गाभगवती गाउँपालिका १ स्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूर्वसन्ध्यामा बिहे घरमा गीत गाउने क्रममा माइकमा विद्युतको करेन्ट प्रवाह भइ लाग्दा ३० वर्षीया सम्घरिया देवीको मृत्यु भएको हो।
गीत गाउने क्रममा माइकमा एकाएक करेन्ट प्रवाह हुँदा नरेश राउतकी सम्घरिया देवीलाईसहित ८ जना महिलालाई करेन्ट लागेको थियो ।
सुकदेवचोकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।