News in Nepali

यो मुलुकको परिवर्तनको वाहक माओवादी पार्टी मात्रै हो : प्रचण्ड

Lumbinikhabar Online

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी पार्टी विना यो मुलुकको परिवर्तनको सम्भव नहुने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरपेक्षता, व्यवस्थासँगै उत्पीडित समुदायको पक्षमा लडेको पार्टीमा प्रवेश गर्नु ठिक भएको बताए । एमालेमा ४३ वर्ष सक्रिय भएका नुवाकोटका माधव पाण्डे र काँग्रेसमा सक्रिय सन्जिकुमार साह माओवादी प्रवेश गरेका छन्। दुबैपक्षबाट ६ सय भन्दा बढी नेता कार्यकर्ता प्रवेश गरेको माओवादीको दाबी छ।

Tags

छुटाउनु भयो कि ?