News in Nepali

काँग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक सानेपामा जारी

Lumbinikhabar Online

नेपाली काँग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक बसेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टी मुख्यालय सानेपामा जारी बैठकमा समितिमा रहेका सदस्यहरूले आगामी स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुनेबारे आफ्ना धारणा राख्ने क्रम जारी छ ।

समितिमा आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्। समिति ५६ सदस्यीय रहेको छ । आजको बैठकमा जिल्लामा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्नेबारे छलफल भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?