News in Nepali

राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटअघि नेपालले तीन राष्ट्रसँग खेल्ने

Lumbinikhabar Online

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटअघि नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल्ने तयारी गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले छनोट खेल अघि तीन राष्ट्र अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताए ।

छनोटका लागि शुक्रबारबाट प्रशिक्षण सुरु गरेको नेपाली टोलीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको हो । अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् ।

कुवेतमा आयोजना हुने खेलहरूमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

Tags

छुटाउनु भयो कि ?