News in Nepali

अमेरिकी सरकारबाट प्राप्त हुने करिब ८० अर्ब वैदेशिक अनुदान स्वीकार गर्ने सरकारको निर्णय

Lumbinikhabar Online

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यस्तै , सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

२०७८ चैत्र ३० को मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलिडन डलर बराबरको अनुदान सहायता स्वकिार गर्ने पनर्णय भएको जानकारी दिए ।

 

Tags

छुटाउनु भयो कि ?