पाल्पामा घरको पेटीमा लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तानसेन नगरपालिका–४ होलाङदीका ६१ वर्षीय केशब महर्जन रहेको बताइएको छ ।
आफ्नौ घरको पेटीमा लडेर घाइते भएका महर्जनको उपचारको क्रममा लुम्बिनी मेडिकल कजेज प्रभासमा मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।