News in Nepali

कोलम्बिया फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको निधन

Lumbinikhabar Online

कोलम्बिया फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको ५५ वर्षको उमेरमा निधन भएको छ । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको इम्बानाको क्लिनिकका मेडिकलमा उपचारका क्रममा निधन भएको हो ।

कोलम्बियाको कलीमा गएको सोमवार भएको कार दुर्घटनमा रिनकोनको टाउकोमा गम्भीर चोट लागेको थियो । रिनकोनले चलाएको कार बससँग ठोक्किँदा दुर्घटना भएको थियो ।

रियल मड्रिडका पूर्व मिडलफिल्डर रिनकोनले कोलम्बियाका लागि १७ गोल गरेका थिए । साथै उनले सन् १९९०, १९९४ र १९९८ मा गरी तीन पटक विश्व कप खेलेका थिए ।

Tags

छुटाउनु भयो कि ?