नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म विभाजित भएर चुनावमा जाने छुट नभएको बताएका छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले भने, ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन । हाम्रा विरोधीहरू बलिया छन् र संगठित पनि । तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ’उनले भने ।
मतभेद र मनभेदका विषय पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जानुपर्ने भन्दै उनले पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखाको प्रवृत्तिविरुद्ध संघर्ष भने गरिरहने बताए ।