आर्टिकल्स

नयाँ बर्षमा केही नयाँ काम गरेर देखाउने बर्ष पनि हो

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

नयाँ बर्षको शुभकामना आज नयाँ बर्ष हो ।

नयाँ बर्षको उपलक्ष्यमा मेरो तर्फवाट सबैलाई शुभकामना दिन चाहन्छु । नयाँ बर्ष प्रबेश संगै हामी सबैमा खुशि र उमंग छाओस् । नयाँ बर्षमा केही नयाँ काम गरेर देखाउने बर्ष पनि हो । यो नयाँ बर्ष प्रबेश गर्दा देशको उन्नति, प्रगति र बिकासको मार्ग चित्र कोरियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।

देशमा अघिल्लो बर्ष राजनीतिक उतार चढाव आए । पार्टीहरु बिभाजन भए । केपी ओलीको नेतृत्वमा गठन भएको बहुमतको सरकार ढलेर शेर वहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्यो । यहि गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । राजनीतिक दलहरु चुनावी तयारीमा छन । सबै दलहरु यति बेला चुनावी मैदानमा खडा छन । दलहरु मिलेर देशमा बिकास र समृद्धि दिन सकुन् । नयाँ बर्ष संगै हुन थालेको स्थानीय तहको निर्वाचनले हाम्रा मान्छे होइन, राम्रा मान्छे चुन्न सफल बनोस् ।

राजनीतिमा स्थिरता आओस् । यो हामी सबैको चाहना पनि हो । अस्थिर राजनीतिले देशको हित गदैन । बिगतमा पनि पटक पटक अस्थिर राजनीतिले देश बर्बाद भयो । अहिले पनि देश अस्थिर छ । जव सम्म राजनीति स्थिरतामा जादैन् तव सम्म बिकास हुदैन । यो कुरा सबैलाई अवगत भएकै कुरा हो । देशमा शान्ति, बिकास र समृद्धि नागरिकको सपना हो । यो सपना पुरा गर्न राजनीतिक दल र तिनका नेताहरु इमान्दार हुनु पर्छ । नेताहरु इमान्दार नभए सम्म देश बन्दैन । जुन देशमा नेताहरु बेइमान हुन्छन् त्यस देशका जनताले दुख्ख पाइरहेका हुन्छन ।

आज हाम्रो देशले पनि त्यसै गरी दुख्ख भोगीरहेको छ । आज देशमा अर्थतन्त्र चलायमान हुन सकेको छैन । सीमित ब्यक्तिले पैसा च्यापेर बसेको अबस्थाले पनि यो स्थिती आएको भन्ने सुनिन्छ । नेपाली जनताले महंगीको सामना गरिरहनु परेको छ । दुरदर्शी राजनेताको अभावले देश पछाडी परिरहेको छ । महंगीले आम नागरिक त्यति उत्साहित छैनन् ।

जनतामा बिहान बेलुकाको छाक टार्ने समस्याले पिरोलिरहेको छ । अब नेताहरु जनतालाई भाषण होइन, परिणाम दिन सिक्नु पर्छ । जनताको आँखामा छारो हालेर बटुलेको भोटले शान्ति मिल्दैन । जनता अभाव भयो भने राज्य संग असन्तुष्टि हुन्छन । असन्तुष्टिले बिद्रोह जन्माउछ । यो कुरा राज्यले समय छदै बुझन सक्नु पर्छ । जनतालाई भोकै राखेर नेताहरु गाडी कुदेको सुहाउँदैन । जनताले नेताहरुलाई सरापी रहेका छन । अघिल्लो सालमा पनि जनता कुनै सरकार संग पनि सन्तुष्टि हुन सकेनन् ।

सरकार जनताको जनजीविकाको सवालमा त्यति गम्भिर हुन सकेन । देशमा दिगो शान्ति कायम गर्ने हो भने राज्यले गम्भिरतापूर्वक सोच्नु पर्छ । देश बनाउन त्यति सजिलो छैन । सबै राजनीतिक शक्तिलाई नेतृत्व बर्गले मिलाएर लैजान सक्नु पर्छ । राजनीतिक दल र तिनका नेताहरुको नयाँ बर्ष प्रबेश संगै सद्बुद्धि पलाओस् । देशलाई माथि उठाउन सबै दल मिलेर जान सिकुन् । नयाँ बर्ष प्रबेश संगै सबैमा सुख, शान्ति छाओस् यहि छ मेरो नयाँ बर्षको शुभकामना ।

Tags

छुटाउनु भयो कि ?