एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले ९ महिनामा देशको अर्थतन्त्र ध्वस्त पारेर पहिलेको सरकारलाई दोष दिनु मानसिक सन्तुलनको समस्या भएको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा ओलीले आफू नेतृत्वको सरकारका कारण अर्थतन्त्र खस्किएको भन्नेमा आपत्ति जनाउदै उनले भने , ‘अहिलेको सरकारले ९ महिनामा देशको अर्थतन्त्र ध्वस्त पार्ने र पहिलेको सरकारले अर्थतन्त्र बिगारेको भन्नु मानसिक सन्तुलनको समस्या हो कि भन्नु पर्छ,’ उनले भने, ‘मुलुकको अर्थतन्त्र ठीक पार्न अहिलेको गठबन्धनको भ्रष्ट सरकारलाई डस्टबिनमा फाल्नुको विकल्प छैन ।’