अर्घाखाँचीमा ट्याक्टरले किच्दा एक स्कुले बालिकाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको पाणिनी गाउँपालिका–८ पाली स्थित अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया छात्रा नमुना कुमाल रहेकी छन् ।
छात्रालाई लु२ त ९३७१ नम्वरको ट्याक्टरले किचेको र उनको घटनास्थलमै ज्यान गएको हो ।
बुधबार बिहान करिब ९ बजेतिर ट्याक्टरमा बसेर परीक्षा दिन जाँदै गर्दा विद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेको र ब्रेक लगाउँदा लगाउँदै बीचको टायरमा टाउको परेको स्थानीयले बताए । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।