News in Nepali

माओवादी केन्द्रले चुनावी पोस्टरबाट हटायो कुलमान घिसिङको तस्बिर

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र)ले चुनावी पोस्टरबाट कुलमान घिसिङको तस्बिर हटाएको छ । बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर भएको चुनावी पोस्टर सार्वजनिक भएको थियो ।

घिसिङले आफ्नो सहमतिबिनै माओवादीले तस्बिर राखेको बताएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । त्यसपछि माओवादीले कुलमानको तस्बिर हटाएको हो । दाहालको सामाजिक सञ्जाल फेसबुकमा राखिएको नयाँ पोस्टरमा अर्थमन्त्री शर्मा र घिसिङको तस्बिर हटाइएको छ ।

माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भएका बेला घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । घिसिङ २०७३ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा दैनिक १२ घण्टासम्म लोडसेडिङ थियो । उनले लोडसेडिङ अन्त्य गराएका थिए । सोही कुराको जस लिन माओवादीले उनको तस्बिर चुनावी पोस्टरमा राखेको थियो ।

Tags

छुटाउनु भयो कि ?