News in Nepali

नेपाल अफगानिस्तानसँग आठ–एक गोल अन्तरले पराजित

Lumbinikhabar Online

एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग पराजित भएको छ । छनोटबाट बाहिरिसकेको नेपाल आज मङ्गलवार आफ्नो अन्तिम खेलमा अफगानस्तानसँग आठ–एक गोल अन्तरले पराजित भएको हो ।

किर्गिस्तानको बिश्केकमा भएको खेलमा अफगानिस्तानका लागि अब्दुल गाफरले ह्याट्रिक तथा हामिद रिजा, मोर्टाजा मोहमदी, अलि अमिरि, रिजा करिमि र सायद महदीले एक–एक गोल गरे । त्यस्तै नेपालका लागि एक मात्र गोल सुमित श्रेष्ठले गरे ।

एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेकाे नेपालले कुनै पनि खेल जित्न सकेन । नेपालले तीन गोल गर्दा २४ गोल बेहाेर्‍याे ।

Tags

छुटाउनु भयो कि ?