नजिकिदै गरेको स्थानीय तह निर्वाचनको विषयलाई लियर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको छ ।
मंगलबार अपरान्ह साढे ४ बजेबाट जारी बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् ।
बैठकमा गठबन्धनका उम्मेदवार जिताउने र चुनावी तालमेलको मापदण्ड बनाउनेबारे छलफल केन्द्रित रहेको जनाइएको छ । गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए । आजको बैठकले संयन्त्रमार्फत तालमेलको मापदण्ड तयार पार्ने स्रोतले जनाएको छ ।