मंगलबार सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको केआई सिंह गाउँपालिका-६ भिताडिका ६० वर्षीय राम ताम्राकार रहेका छन् ।
शिखर नगरपालिका-२ मा प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका उनको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
आज बिहान १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत भेटिएका थिए ।