नेपाली काँग्रेसले चैत ३० गते पार्टी कार्यालयमा बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुलाई उपस्थिति रहने जनाइएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रका सम्बन्धमा छलफल हुने स्रोतले जनाएको छ ।