News in Nepali

बजेटलाई नियमसम्मत रुपमा खर्च गर्न र हरहिसाव दुरुस्त राख्न गृहमन्त्रीको आग्रह

Lumbinikhabar Online

गृहमन्त्री बालकृष्ण खाणले बजेटलाई नियमसम्मत रुपमा खर्च गर्न र हरहिसाव दुरुस्त राख्नका लागि नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन् ।

सशष्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको विदाइमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘ सरकारका समग्र विभागहरुलाई बेरुजु फर्स्‍योटमा गम्भिर हुन, बजेटलाई नियमसम्मत रुपमा खर्च गर्न र हरहिसाव दुरुस्त राख्नका साथै बेरुजु फर्स्‍योटमा उत्कृष्टता हासिल गर्न मिहिनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु । हामी कहाँ बजेट बनाउँदाखेरी पहिलो त्यो घाटाको बजेट बनाएकै हुन्छौं । विकास, निर्माणको प्रतिफल जनतामा पुर्‍याउँछ । त्यसकारणले गर्दाखेरी हामीले भौतिक क्षेत्रमा गरिने खर्चलाई पनि हामीले व्यवस्थित गर्न जरुरी छ । खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था नआओस् ।’

गृहमन्त्री खाणले नेपाल प्रहरी र सशष्त्र प्रहरी बल, नेपालले बेरुजु फर्स्‍योट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंसा समेत गरे ।

कार्यक्रममा बोल्दै सशष्त्र प्रहरी बल, नेपालका महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भएपनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Tags

छुटाउनु भयो कि ?