News in Nepali

हलेसी मन्दिरलाई केपी ओलीको दुई लाख सहयोग

Lumbinikhabar Online

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पवित्र धार्मिकस्थल हलेसी मन्दिरलाई दुई लाख र हलेसी मारतिका गुम्बालाई दुई लाख दान गरेका छन् ।

गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष ओलीले हलेसी मन्दिर अवलोकन गरेपश्चात् मन्दिरलाई दुई लाख दान गर्ने घोषणा गरेका थिए ।

अध्यक्ष ओलीको घोषणा अनुसार रामनवमीको अवसर पारेर एमाले केन्द्रीय सदस्य एवम् खोटाङ सह-इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले सो रकम हस्तान्तरण गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?