News in Nepali

नेपाली सेना द्वारा सशस्त्र प्रहरीलाई झन्डै ६ सय थान हतियार उपलब्ध गराइयो

Lumbinikhabar Online

नेपाली सेनाले सशस्त्र प्रहरीलाई झन्डै ६ सय थान हतियार उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई हतियार उपलब्ध गराएका हुन् ।

गत चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा र ठूला कार्यक्रम सञ्चालन गर्नका लागि सेनाले १० हजार ६ सय थान हतियार उपलब्ध गराउने निर्णय गरेको थियो ।

पहिलो चरणमा सेनाले नौ हजार थान इन्साफ राइफल र एक हजार ६ सय थान हल्का हतियार प्रदान गर्नेछ । बाँकी हतियार र सामग्री क्रमशः हस्तान्तरण गर्दै जाने सेनाले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?