News in Nepali

फ्रान्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु

Lumbinikhabar Online

फ्रान्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । आइतबार बिहान ८ बजे शुरु भएको पहिलो चरणको मतदान बेलुकी ८ बजेसम्म चल्ने छ ।

उक्त राष्ट्रपतीय निर्वाचनका लागि १२ उम्मेद्वार चुनावी मैदानमा भएपनी पहिलो चरणमा वर्तमान राष्ट्रपति इम्मानुएल म्याक्रोँ तथा दक्षिणपन्थी नेतृ मरी ले पेनबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेको खण्डमा सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच आगामी २४ अप्रिलमा दोश्रो चरणको प्रतिस्पर्धा हुनेछ ।

फ्रान्समा मतदानका लागि ४ करोड ९० लाख मतदाता योग्य रहेको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि रुसी आक्रमण, मुद्रास्फीति तथा बढ्दो मूल्यवृद्धि, न्यून ज्याला, आप्रवासन समस्या लगायतका मुद्दाले यसपटकको चुनावमा प्रभाव पार्ने बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?